पोल्यान्डमा कार्यरत नेपाली मूलका वरिष्ठ सर्जन डा. बोधराज सुवेदीले “उत्कृष्ट सर्जन २०२५” उपाधि प्राप्त गर्न सफल भएका छन्। पोल्यान्डको चिकित्सा क्षेत्रमा उहाँको उत्कृष्ट योगदानको कदर गर्दै यो प्रतिष्ठित उपाधि प्रदान गरिएको हो।
Advertisement
डा. सुवेदीलाई पोल्यान्डका स्वास्थ्य मन्त्रालय तथा शल्य चिकित्सक संघले संयुक्त रूपमा आयोजना गरेको विशेष समारोहमा सम्मान गरिएको हो। सो अवसरमा पोल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी, विभिन्न देशका चिकित्सक प्रतिनिधिहरू र नेपाली समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
पेशाले कुशल सर्जन र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिनु भएका डा. सुवेदीलाई पोल्यान्डस्थित नेपाली समुदायले पनि “अवैतानिक राष्ट्रिय वाणिज्यदूत” (Honorary Commercial Representative) का रूपमा मान्यता दिएको छ।

