रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार २९० जनाको शव फेला परेको छ भने ४ हजार ७९८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
Advertisement
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष छन्। आंशिक अंगसहितका ५३२ शवसमेत फेला परेका छन्।
बाढीपछि हालसम्म ८ हजार १९७ जनाको उद्धार गरिएको छ। शव पहिचानका लागि मृतक तथा आफन्त गरी १ हजार ८६२ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म ९२६ शवको व्यवस्थापन भइसकेको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
