राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज बिहान ८ः३० बजेदेखि चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ।
Advertisement
बन्दसत्रमा अनुशासन आयोग, आर्थिक तथा संगठनात्मक प्रतिवेदनमाथि छलफल गरिनेछ भने विधान र राजनीतिक प्रतिवेदन अनुमोदन गर्ने कार्यसूची रहेको छ। त्यसपछि सभापति रवि लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरी निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम रहेको छ।
महाधिवेशनअन्तर्गत दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयन फारम वितरण, २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता र साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
रास्वपाका अनुसार असार ९ गते सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। बन्दसत्रमा ४ हजार २११ जना प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक सहभागी हुनेछन्।
