भरतपुर महानगरपालिका–२, क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले शैक्षिक सत्रका लागि स्नातक तहमा नयाँ विद्यार्थी भर्ना खुला गरेको छ।
गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षामा जोड दिँदै कलेजले व्यवसाय प्रशासन (बीबीए), साइबर सुरक्षा तथा होटल व्यवस्थापन तथा पर्यटन विषयमा अध्ययन गर्ने अवसर प्रदान गरेको जनाएको छ।
कलेजका अनुसार सुदूरपश्चिम विश्वविद्यालयसँगको शैक्षिक सहकार्य तथा मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन (एपीयू) सँगको अन्तर्राष्ट्रिय सहकार्यमार्फत विद्यार्थीलाई आधुनिक, प्रयोगात्मक र रोजगारमुखी शिक्षा उपलब्ध गराइनेछ।
भर्ना खुलेका कार्यक्रमअन्तर्गत व्यवसाय प्रशासन स्नातक (बीबीए), विज्ञान स्नातक (साइबर सुरक्षा) तथा विज्ञान स्नातक (होटल व्यवस्थापन तथा पर्यटन) रहेका छन्। सूचना प्रविधि, व्यवसाय व्यवस्थापन तथा आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यी कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ।
कलेजले योग्य तथा उत्कृष्ट विद्यार्थीका लागि शतप्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको पनि जनाएको छ। छात्रवृत्तिको अवसरले आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।
भर्ना, छात्रवृत्ति तथा शैक्षिक कार्यक्रमबारे थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकले भरतपुर–२, क्षेत्रपुर, चितवनस्थित फोर्ब्स कलेजमा सम्पर्क गर्न वा ९८५५०९४५३१ नम्बरमा फोन गरी जानकारी लिन सक्नेछन्।
उच्च शिक्षा हासिल गर्दै अन्तर्राष्ट्रियस्तरको सीप र प्रतिस्पर्धी क्षमता विकास गर्न चाहने विद्यार्थीका लागि फोर्ब्स कलेजले उत्कृष्ट अवसर प्रदान गरेको जनाएको छ।
