चितवन–३ की प्रतिनिधिसभा सदस्य तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण कार्य सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
Advertisement
माडीमा आयोजित शिवबाबा ज्ञान महायज्ञलाई सम्बोधन गर्दै उहाँले निकुञ्ज क्षेत्रभित्र हाल रूख गणनाको कार्य भइरहेको र त्यसपछि सार्वजनिक सुनुवाइ प्रक्रिया अघि बढ्ने बताउनुभयो।
मन्त्री गौतमले जंगलको सडक निर्माण अब नरोकिने बताउँदै माडीवासीलाई ढुक्क हुन आग्रह गर्नुभयो। उहाँले आगामी पाँच वर्षभित्र निकुञ्ज सडक, रिउ करिडोरलगायत माडीका प्रमुख विकास आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्दै राजनीतिक मतभेदभन्दा माथि उठेर विकासका लागि एकजुट हुन आग्रह गर्नुभयो।
साथै, माडीवासीका जनसरोकारका विषयमा आफू सदैव साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
