चितवनमा आजदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८१ सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सो मेलाको उद्धघाटन गर्नुभयो ।
समुदघाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै मन्त्री भण्डारीले आर्थिक संकटका कारण नेपालको औद्योगिक क्षेत्र रोजगार बिहिन बन्न बाध्य भएको बताउनुभयो । त्यस्तै, उहाँले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा राजश्वमा झन्डै १२ खर्ब भन्दा बढी खर्च भएको र ५० प्रतिशत न्यून घाटा राज्यले व्यहोर्नुपरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको उद्यमशिलतामा बिकास हुन नसक्दा अर्थतन्त्रमा शिथिलता देखिएको छ ।” उद्योग व्यवसायीहरु प्रताडित बनेको र भएका उद्योगधन्दा कलकारखाना बन्द गर्नुपर्ने अबस्थामा पुगेको जिकिर गर्नुभयो ।
मन्त्री भण्डारीले चितवन ब्यापार र पर्यटन हबका रूपमा प्रचुर सम्भावना भएको उल्लेख गर्दै कृषिमा अझ धेरै बिकास गर्न सकिने तर्क गर्नुभयो । सरकार युवामैत्री रोजगारी र स्वरोजगारको बाताबरण सिर्जना गराउन समेत प्रतिबद्ध बनेको बताउनुभयो ।