नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा जिरो ग्र्याभिटी राइड युवायुवतीको मुख्य आकर्षण बनेको छ । नौलो र रोमाञ्चक अनुभव लिन चाहने युवायुवतीको राइडमा घुइँचो लाग्ने गरेको छ ।
Advertisement
मंसिर ३ गतेदेखि सुरु भएको महोत्सवमा जिरो ग्र्याभिटीसँगै ३६० डिग्री राइड, बाल उद्यान, पिरामिड गेट तथा विभिन्न व्यापारिक स्टल राखिएका छन् । दैनिक सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् ।
मंसिर १८ गतेसम्म चल्ने महोत्सवमा साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । महोत्सवले भरतपुरको पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
