माडी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले आफ्ना मागहरू नजरअन्दाज गरिएमा बैशाख ११ गतेबाट नियमित कामकाजमा नगई पुन: सामुहिक धर्ना दिने बताएका छन् ।
माडी क्याम्पस संचालक समिति समक्ष शुक्रबार ज्ञापन पत्र बुझाउँदै आन्दाेलनरत प्राध्यापक तथा कर्मचारीहरूले प्रशासनिक तथा व्यवस्थापकीय निकायबाट आफ्ना मागहरू नजरअन्दाज गरि टार्न खाेजेकाे निष्कर्ष निकाल्दै ६ बुँदै माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
गत चैत्र २७ गते क्याम्पस सञ्चालक समितिको तर्फबाट एकतर्फी रुपमा प्रस्तुत गरिएका प्रस्तावहरु प्राध्यापक तथा कर्मचारीहरुका वास्तविक मागहरुलाई सम्बोधन गर्नुको सट्टा विषयान्तर गरी भूल भुलैयामा फसाउन खोजिएको भन्दै ४ दिने अल्टिमेटम दिएका हुन् ।
माडी क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूकाे तलब, नियुक्ति, वृत्ति विकास, सेवा सुविधा, शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थी भर्ना दर बढाउन र भर्ना भएका विद्यार्थी टिकाउन ठोस योजना निर्माण लगायतका माग राखि आन्दाेलन जारी छ । #PRD810108