लगाताकाे झरिले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा क्षति पुर्याएकाे छ ।
काठमाडौंको नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पहिरोले पुरिँदा सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको छ ।
स्याङ्जाकाे बिरूवा गाउँपालिका-६ मा पहिरो जाँदा ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको छ । ७१ वर्षका माधव शर्मा बेपत्ता छन् ।
त्यस्तै, तनहुँ, दाङ, नवलपरासी पश्चिम सहितका जिल्लामा केही मानिसहरू बेपत्ता भएका छन् । कयौं ठाउँमा घर, सडक र पुलपुलेसामा क्षति पुगेको छ ।
चितवनकाे नारायणी नदिमा आएकाे बाढिका कारण गैंडाकाेट आसपासका १०० बढि घर डुबानमा परेका छन् भने नदि तटिय क्षेत्रका ४०० बढि प्रभावित भएका छन् ।
गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ ।भने अन्य सात जना बेपत्ता छन् । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।