Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, कार्तिक ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

लोकप्रिय समाचार

  • १. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • २. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • ३. राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • ४. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ५. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ६. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ७. ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

  • ८. चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

  • ९. तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

  • १०. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का


  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    प्राधिकरणका अध्यक्षसमेत रहनुभएका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उहाँले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।

    “किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ रु, हिँउद याममा बिजुली पुराउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वय गर्नुपर्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो । प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    ‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ का विषयमा देखिएको विवादका बारेमा ऊर्जामन्त्री खड्काले भन्नुभयो, “व्यवसायीले प्रयोग गरेको बिजुली भुक्तानी गर्नुपर्छ, प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन ।” सबै नागरिक र उद्योगीको घरमा २४सै घण्टा विद्युत् पुराउनुपर्ने बताउँदै विद्युत् उत्पादन र वितरणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्ने उहाँले उल्लेख गर्नुभयो ।

    ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालका लागि महत्वपूर्ण भएकाले यसको विकासमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । “मन्त्रीलाई सफल बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ, लामो अनुभव भएका तपाईंहरुले उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दा विद्युत् क्षेत्रको विकासमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
    ऊर्जामन्त्री खड्काले अबको १० वर्षमा १० हजार मेगावाट होइन २० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य प्राधिकरणले राख्नुपर्नेमा जोड दिनुभयो ।

    जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले नेपालमा ऊर्जा क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो । बिजुली जाँदैन भन्ने विश्वास आमनागरिक र उद्योगी व्यवसायीलाई दिलाउन जरुरी रहेकामा उहाँले जोड दिनुभयो । सचिव शर्माले १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता भइसकेकाले सोहीअनुसार प्राधिकरणले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल देशभर तीन हजार एक सय ५७ मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक वर्षमा चार सय ६३ मेगावाट बिजुली थपिएको छ । उहाँले पछिल्लो समय प्रत्येक वर्ष नेपाल विद्युत् प्राधिकरण १० देखि १२ अर्ब नाफामा जाने गरेको बताउनुभयो ।

      शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान
      उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै
      सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी
      छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै
      चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा
      बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ६.
        स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

      भर्खरै

      • १.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • २.
        उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

      • ३.
        सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

      • ४.
        छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

      • ५.
        चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

      • ६.
        बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      • ७.
        प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

      • ८.
        जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.