नेकपा एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । एकीकृत समाजवादीले दुईदिन गृहकार्य गरेर १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो ।
Advertisement
केन्द्रीय कमिटीको बैठकमा केही निर्णय नभएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘दुई दिन गृहकार्य भएर १४ गते केन्द्रीय कमिटी टुङ्गो लगाउनेबारे छलफल भएको छ ।’
असार २१ गते सकिएको एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको थियो । महाधिवेशन सकिएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा नेताहरूले गरेपनि उक्त समयमा कमिटीलाई पूर्णता दिन नेताहरू असफल भएका छन् ।
२९९ जनाको केन्द्रीय कमिटी रहेन व्यवस्था रहेको एकीकृत समाजवादीले बाँकी २०६ जना थप्नुपर्ने छ ।