प्रगतिशील साहित्य क्षेत्रका मूर्धन्य स्रष्टा एवं महाकाव्यकार पोषराज पौडेलको ‘रातो क्षितिज’ नामक उपन्यास आज एक कार्यक्रमकाबीच बिमोचन गरिएको छ ।
साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा पौडेलको कृति बिमोचन गरिएको हो ।
बि.स. २००१ साल भदौ ८ गते बुधबारका दिन कास्कीमा जन्मनुभएका पौडेल बि.स. २०२४ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।
बि.स. २०२३ सालदेखि पढाउन सुरु गर्नुभएका पौडेल ३२ बर्ष भन्दाबढी सेवा शिक्षण पेशामा बिताउनुभएको छ । पौडेलद्वारा लेखिएको रातो क्षितिज नामक उपन्यासले एउटा युग बोकेको छ । राजतन्त्रकालीन अवस्थामा संचालित माओवादी जनयुद्धदेखि लिएर वर्तमान गणतन्त्रकालीन अवस्थासम्मका परिस्थितिलाई स्थान दिइएको छ ।
लेखक पौडेलले जनआवाज बुलन्द गर्न क्रान्तिको खाँचो रहेको कुरालाई यसै उपन्यास मार्फत आफ्ना भाव व्यक्त गरेका छन् ।
पहिलो संस्करण रहेको उक्त पुस्तकमा १३० पृष्ठ रहेको छ । भने यसको मूल्य रु. ३०० राखिएको छ । यसअघिपनि पौडेलले सहिदगाथा, शुक्ला गण्डकी जस्ता महाकाव्य र पागल प्रलाय, आदर्शको खेल जस्ता खण्डकाव्य प्रकाशनमा ल्याउनुभएको छ ।
महाकाव्यकार पोषराज पौडेलको उपन्यासमा प्रकाश नछिर्ने गाउँ, उज्यालोको खोजी, धर्मपुत्र, गरिवको राज, बम्बैको कोठी, गाउँको उज्यालो, सामन्तको ताण्डब नृत्य, बलात्कार, प्रतिरोध, सपना, दृश्य, प्रहरी हिरासत, छापामार, सहिदको सपना, चेपाङ गाउँको कथा, सामूहिक दाहसंस्कार, आत्महत्याको प्रयास, नैतिकताको ह्रास, उन्नाइसदिने जन आन्दोलन, ललीपप र स्वप्न भङ्ग, दुर्भाग्य बाजा बजाएर आउदैन, वैरीको करामत, चर्केको मन र सपनाको हत्या जस्ता संस्करण उपन्यासमा रहेका छन् ।