प्रदेश युवा परिषद् चितवनले सञ्चालन गरेकाे शिपमुलक तालिमबाट २०० जना युवाहरू दिक्षित भएका छन् ।
Advertisement
साउन १५ गते माडी भिलेजकाे सभाहलमा सम्पन्न दीक्षान्त समाराेहमा जगतपुर र माडीमा सञ्चालित कार्यक्रमहरूबाट ईलेक्ट्रियन, व्युटिसियन, प्लम्बिङ, मेसन (डकर्मी), ड्राइभिङ् तालिम सञ्चालन भएकाे थियाे । सहभागि युवाहरूलाई प्रमाणपत्र र कालाे टाेपि सहित दीक्षित गरिएको हाे ।
माडी नगरपालिकाकाे नगरप्रमुख ताराकुमारी काजी महताेकाे प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रदेश युवा परिषद् चितवनका जिल्ला अध्यक्ष रामचन्द्र लम्साल, प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई र अन्य समाजिक व्यतित्वहरूले सहभागिहरूलाई प्रमाणपत्र वितरण गर्नुभएकाे थियाे ।
Ramchandra Lamsal Ram Bandhu Pokhrel विपिन पाठक