चितवन क्षेत्र नं. ३ (क) का बागमती प्रदेशसभा सदस्य ज्ञानुजङ लामाले ठूला दलले समेत देशलाई निकास दिन नसकेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा श्रीमती संघ भरतपुर १५ फुलबारीले आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै नेता लामाले यस्तो बताउनुभएको हो ।
देशको विषम परिस्थितिमा समेत सबै नेतृत्व तहका समितिहरु नागरिकलाई राजनीतिक तालिमको प्रशिक्षणदिन मात्रै तछाडमछाड गरिरहेको बताउनुभयो ।
स्वदेशमा रोजगारी बिहिन हुँदा युवाहरु बिदेशीएको स्मरण गर्दै उहाँले युवालाई राजनीतिको भर्ती केन्द्रमा भन्दापनि रोजगारीमा जोड्नुपर्ने बताउनुभयो ।
बहुसंख्यक हिन्दुराज्य भएको मुलुकलाई जबर्जस्ती धर्मनिरपेक्षता बनाएर राज्यले ठूलो गल्ती गरेको बताउनुभयो । मिलेर बसेको समाजमा धार्मिक सद्भाव भड्काएर पश्चिमी शैलीको सिकोले देश बर्बाद भएको भन्दै उहाँले अब देश बिकासको बैकल्पिक पार्टी राप्रपा नै भएको उल्लेख गर्नुभयो ।