कालीगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका संस्थापक प्राचार्य आचार्य दुर्गा कंडेल बस्यालले हिन्दू धर्मको जगेर्नामा जोड दिनुपर्ने बताउनुभएको छ । परापूर्व कालदेखि भगवान् शिव पार्वतीले गरेको योगदानबाट नै हरितालिका तीजको महत्त्व बढ्दै गएको बताउनुभयो ।
कालिका एफएम, टिभि कालिका र महाकालेश्वर शिवालय मन्दिरको संयुक्त आयोजनामा भएको बृहत तीज गीत प्रतियोगितालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै प्राचार्य दुर्गा कंडेलले यस्तो बताउनुभएको हो ।
नेपाल वैदिक सनातन हिन्दूराज्य भएको मुलुक भएको भन्दै उहाँले नेपाललाई पुनः वैदिक सनातन हिन्दूराज्य घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।
यसैबीच कालिका नगरपालिकाका मेयर बिनोद रेग्मीले धर्म संस्कृतिको जगेर्नामा कालिका एफएमले खेलेको भूमिका सराहनीय भएको बताउनुभयो । प्रत्येक बर्ष एफएमले मौलिक परम्पराको जगेर्नामा गरेको योगदानलाई कदर गर्दै अरुलेपनि सिको गर्नुपर्ने धारणा राख्नुभयो ।
Advertisement
शुक्रबार, भदौ २१, २०८१
मा प्रकाशित