नेकपा एमाले जिल्ला कमिटी बैठकले माडीका नेताहरूलाई विभागिय प्रमुखकाे जिम्मेवारी ताेकेसंगै केही अगुवा नेताहरूकाे नाम छुटेकाे भन्दै पार्टीभित्र असन्तुष्टि बढेकाे छ ।
माडी बाट जिल्ला कमिटी सदस्यका दाबेदार शिबजी गायक र रेशमलाल आचार्य (तुलसि) मनाेनयनमा नपर्नुले नैराश्यता छाएकाे भन्दै पार्टिभित्र आन्तरिक बहस चल्न थालेकाे विशेष श्राेतले जनाएको हाे ।
शिबजि गायक, पुर्व जिल्ला कमिटि सदस्य एवं लेखा आयोगको सदस्य समेत रहेका थिए भने रेशमलाल आचार्य (तुलसि) सदस्यकाे सम्भावित दाबेदार समेत रहेकाे जनाइएकाे छ ।
कमिटिकाे बैठकले नेकपा एमाले चितवन क्षेत्र नं. ३ (ख) काे संयोजकमा शिवहरि सुवेदीलाई जिम्मेवारी ताेकेकाे छ । त्यस्तै, एमालेकाे जिल्ला कमिटी बैठकमा माडीबाट नारायण पाैडेल, श्री प्रसाद दवाडी, श्याम बिष्ट, र शराेज शाहलाई विभागिय जिम्मेवारी दिइएकाे छ । पाैडेलले शिक्षा तथा मानव श्राेत विभाग, दवाडीले पर्यटन विभाग, बिष्टले बित्त तथा कोष व्यवस्थापन विभाग र शाहले लाई नेपाल मुस्लिम जनवर्गीय संगठन विभागकाे प्रमुखकाे जिम्मेवारी पाउनुभएकाे हो ।