विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज (शनिबार) काठमाडौंमा मा खबरदारी सभा गर्दैछ ।
सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको जनाइएको छ ।
विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको जनाएको छ ।
त्यस्तै सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी गरिने नेकपा (माओवादी केन्द्र) को भनाइ छ ।
खबरदारी सभाकाे लागि देशैभरबाट पार्टि कार्यकर्ता र विभिन्न सङ्गठन सम्वद्द युवाहरू निशुल्क यातायातकाे व्यवस्था सहित काठमाडौं लागेका छन् ।