समृद्धिका लागि युवा अभियान माडीले निकुञ्ज प्रशासनकाे दमन र ज्याजती विरुद्ध एकजुट हुन आम माडीबासीलाइ आव्हान गरेकाे छ ।
नेपालकाे कानुनले समेत जङ्गलि बंदेललाई कृषि हानिकारक वन्यजन्तु घाेषणा गरि बालिनालि नष्ट गरे निकुञ्ज प्रशासनकाे अनुमति नलिइकन पनि लखेट्न र आवश्यक परे मार्न समेत पाउने छुट दिएकाे अवस्थामा बंदेलकाे बच्चा पालेकाे भन्दै माडीका दुई महिलाहरूलाई रातारात पुरूष निकुञ्ज रक्षक सेनाकाे टाेलिले गरेकाे ज्याजती र दुर्व्यवहारकाे निन्दा गर्दै निकुञ्ज प्रशासनकाे दमनकाे प्रतिकार गर्न आवश्यक रहेकाे अभियानले जनाएकाे छ ।
बंलेदकाे बच्चा पालेपनि प्रशासनबाट दर्ता गरेर पाल्न अनुरोध गर्ने, निर्देशन दिने र कडाईका साथ लागू गर्नुकाे सट्टा अमानवीय व्यवहार गरि ठुलै अपराध गरेजसरि रातारात पक्राउ पर्नुु माडीबासिकाे लागि दु:खद भएकाे अभियन्ता रामचन्द्र लम्सालले बताउनुभयाे । साथै नियन्त्रणमा लिइएका दुई माडीबासि महिलाहरूलाई तत्काल रिहाइ गर्न अभियानले माग गरेकाे छ ।
जङ्गलि बँदेलकाे बच्चा पालेकाे भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी-८ का सरस्वती भण्डारी र रञ्जिता मगरलाई निकुञ्ज रक्षक सेनाले गएराती पक्राउ गरेकाे थियाे ।