गौहत्या विरुद्ध आज चितवनमा बिश्व हिन्दु युवा संघले बिरोध जनाएको छ ।
बिश्व हिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जय सनातन अभियानकर्मीहरुको उपस्थिति रहेको थियो ।
भरतपुर १० स्थित चौबीसकोठीमा गरिएको खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पौडेलले बिश्वका सनातनी हिन्दुहरु अब एकजुट हुनुपर्ने बताउनुभएको छ । धर्मका नाममा गरिएको राजनीति र आरक्षणलाई बढावा दिदाको दुषपरिणाम अहिले देखिदै गएको बताउनुभयो ।
दिनानुदिन गौमाताको हत्या हुँदै गएकोप्रती चिन्ता व्यक्त गर्नुहुँदै पौडेलले आफ्नो राष्ट्रियता, पहिचान र धर्मको रक्षार्थमा लाग्न सरकारलाई आह्वान समेत गर्नुभयो ।
सनातन हिन्दु राष्ट्र आजको आबश्यकता भएको जिकिर गर्दै उहाँले बहुसंख्यक हिन्दु राज्य भएको मुलुकमा जबर्जस्त धर्मनिरपेक्षता बनाइनु घातक भएको उल्लेख गर्नुभयो ।
शंखध्वनी सहित गरिएको सो बिरोधसभामा सनातन सम्पदा र संस्कृति माथीको प्रहार बन्द गर, गाई हाम्रो आस्था हुन् यिनको हत्या बन्द गर, जथाभावी धर्म परिवर्तन गराउनेलाई कारबाही गर, नेपाललाई पुनः वैदिक सनातन हिन्दुराज्य स्थापित गर जस्ता प्लेकार्ड सहित हिन्दु सनातनिहरु बिरोध प्रदर्शनमा उत्रिएका थिए ।