माडीका विभिन्न स्थानहरूबाट संकलित फाेहाेरकाे उचित व्यवस्थापन नहुँदा अस्पताल क्षेत्र वरपर दुर्गन्ध फैलिइ राेगकाे खतरा बढेकाे बघाैडा अस्पतालका स्वास्थ्यकर्मीहरूले गुनासाे गरेका छन् ।
अस्पताल जस्ताे संवेदनशिल क्षेत्रमा ५० मिटर नजिकै थुप्रिएकाे फाेहाेरले दुर्गन्ध फैलने र स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाेले तत्काल यसकाे व्यवस्थापन गर्न स्वास्थ्यकर्मीहरूकाे अनुराेध छ।
माडी नगरपालिका-३ बसन्तपुरस्थित अस्थाइ फाेहाेर व्यवस्थापन केन्द्रबाट माडीभर संकलित फाेहाेरलाई पुन:प्रयाेग गर्न मिल्ने र पुन प्रयाेगमा नआउने फाेहाेर छुट्याइन्छ ।
पुन: प्रयाेग गर्न मिल्ने प्लास्टिक, टिन, फलाम, कागज लगायतका वस्तु तथा फाेहाेरलाई पुन:चक्रण गर्न पठाइन्छ भने प्रयाेगमा नआउने फाेहाेर चाैर परिसरमै खुला रूपमा थुपारिएकाे छ भने केही फाेहाेर ग्राबेल हालेर चाैरमै पुरिएकाे छ । हाल थुपारिएकाे फाेहाेर समेत ग्राबेलले पुर्ने तयारी रहेकाे बुझिन्छ ।
यसरी, प्रयाेगमा नआउने फाेहाेर बघाैडा अस्पताल र बसन्तपुरका चाैरबाट ५० मिटर नजिक दक्षीण पट्टिकाे घाेलमा खुला रूपमा थुप्रिएर दुर्गन्धित बनेकाे भन्दै बघाैडा अस्पतालका स्वास्थ्यकर्मीहरूले पारदर्शी अनलाइनकाे कार्यालयमा आइ गुनासाे दर्ता गरेका थिए । #PRD810902