• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

जापानदेखि नेपालसम्म होटल चन्द्रमा


  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
  • गरे के हुँदैन भन्ने कुराको गर्विलो उदाहरण दिएका छन् । चन्द्रमा होटल एण्ड रेस्टुरेन्टका संचालक चेतराम गैरेले सन् २००६ मा उनीपनि रोजगारीको सिलसिलामा जापान गएका थिए । जापान गए पश्चात् २००९ मा उनले जापानमा चन्द्रमा रेस्टुरेन्ट खोले । त्यस पश्चात् फेरि स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उदेश्यले गैरेले चितवनको पर्यटकिय नगरी सौराहामा हालसालै सन् २०२४ मा चन्द्रमा नामकै अर्को होटल खोलेका छन् ।

    Advertisement

    वि.स. २०४१ सालमा बागलुङको गल्कोटथानमा जन्मनुभएका गैरे वि.स. २०६८ सालमा चितवन आउनुभएको हो । सानै उमेरदेखि लगनशील र मेहनती गैरे होटलमा निकै लामोसमय काम गरें । होटल क्षेत्रमा अनुभव बटुलेका गैरे रोजगारीको सिलसिलामा बिदेश समेत जानुभयो । अहिले उहाँका जापानमा दुईवटा होटल र नेपालमा एकवटा गरि तीनवटा होटल संचालनमा छन् । यसैगरी चितवनको पर्सा बजारमा ह्वाइटहाउस रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस खोल्ने समेत गैरेको तयारी छ । उहाँको हाल स्थायी बसोबास भरतपुर ९ शरदपुर हो । व्यवसायी क्षेत्रमा अहिलेको वर्तमान अवस्थाका बारेमा रहेर हाम्रा पारदर्शीकर्मी अजित अधिकारीले चन्द्रमा होटलका संचालक चेतराम गैरेसंग गर्नुभएको संक्षिप्त कुराकानी

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?

    धन्यवाद अजित जि !

    आराम हुनुहुन्छ ?

    आराम छु !

    दिनहरु कसरी बिताउदै हुनुहुन्छ ?

    व्यवसायी क्षेत्रमा छु । यो संगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छु । विभिन्न कार्यक्रममा निमन्त्रणा आउँछ । ती कार्यक्रममा समेत सहभागिता जनाउछु यसरी नै दिनहरु बित्दै गइरहेका छन् । फेरि जापानमापनि होटल संचालन गरेको हुनाले बेलाबखतमा त्यहाँपनि जाने गर्छु ।

    कस्तो लाग्छ, तपाईंलाई आफ्नो व्यवसाय ?

    मलाई एकदम राम्रो लाग्छ, अजित जि ! किनभने स्वदेशमा पनि केही गरौं भन्ने उदेश्यले समेत हालसालै होटल संचालन गरेको छु । फेरि चितवनमा अर्को होटलपनि संचालन गर्ने तयारीमा छु । पहिलो होटल जापानमा संचालन गरें । त्यसैले मलाई मेरो बिधाको पेशाप्रति अत्यन्त धेरै माया छ अजित जि !

    खासगरी तपाईंलाई जापानमा एक्कासी होटल खोल्ने सोच कसरी आयो ?

    अजित जि, मेरो पहिलेदेखि नै होटल खोल्ने चाहना थियो । आफूजस्ता युवाहरु स्वदेश होस् या बिदेश रोजगारी दिनुपर्छ भन्ने मेरो सानैदेखिको अठोट अनि व्यवसायी क्षेत्रमा मेरो रुचि यिनै आदि कारणले ममा होटल संचालन गर्ने सोच आएको हो ।

    तपाईं वैदेशिक रोजगारीको सिलसिलामा जापान कहिले जानुभयो ?

    म सन् २००६ मा जापान गएको हुँ ।

    जापानमा कतिवटा होटल छन् । र कहिले संचालन गर्नुभयो ?

    सन् २००९ मा मैले जापानमा होटल संचालन गरें । अहिले हाल जापानमा चन्द्रमा नामको होटल दुईवटा छन् । अर्को तपाईंलाई थाहा नै छ, हालसालै चितवनको पर्यटकिय नगरी सौराहामा चन्द्रमा नामको एउटा होटल छ । फेरि अर्को नामको होटल ह्वाइटहाउस समेत संचालन गर्ने सोचमा छु ।

    होटल संचालन गर्न कत्तिको चुनौती छ ?

    अजित जि ! होटल मात्र नभई विभिन्न पेशा व्यवसाय संचालन गर्न एकदम गाह्रो र फलामको चिउरा चपाय जस्तै छ । यो आर्थिक मन्दीका बेला  व्यवसाय संचालन गर्नु भनेको एकदम गाह्रो हो । तर हरेश खानुहुँदैन धैर्य गर्न सक्यो भने पक्कैपनि सफलता मिल्छ ।

    हालसम्म यहाँले कति जनालाई रोजगारी दिनुभएको छ ?

    अजित जि ! हामीले धेरैलाई रोजगारी दिएका छौं । प्रायगरी हामीले हाम्रै देशका युवाहरूलाई नै जापानमा समेत रोजगारी दिएका छौं । अहिले जापान नेपाल गरेर झन्डै २५ जनालाई रोजगारी दिएका छौं ।

    के के परिकारहरु पाउने गर्छ तपाईंको होटल जापान र नेपालमा ?

    विशेषगरि अजित जि ! जापानमा जापनिज खाना खाजाका विभिन्न परिकारसंगै नेपाली खाना खाजाका परिकार पाइन्छ । भने नेपालमा पनि विभिन्न देशका खाना खाजाका परिकारहरु पाइन्छ । जस्तै, चाइनिज, इन्डियन, पाकिस्तानी, नेपाली, अमेरिकन आदि खाना खाजाका परिकार पाइन्छ ।

    कत्तिको आउने गरेका छन् । तपाईंको सौराहामा रहेको चन्द्रमा होटलमा पर्यटक ?

    उसो त, सौराहा आफैंमा पर्यटकिय क्षेत्र हो । आन्तरिक तथा वाह्य पर्यटकहरुको आवागमन बढ्दै गर्दा धेरथोर पर्यटकहरु हामीकहाँ समेत आउने गर्नुहुन्छ ।

    के कस्तो सेवासुबिधा छ ?

    हामीकहाँ खानबस्नको लागि राम्रो व्यवस्था छ । सफा शुन्दर र स्वच्छ वातावरण छ । गाउँघरमा पालेका लोकल हाँस, कुखुराको मासु, लोकल नेपाली खानाका परिकार आदि सर्वसुलभ मुल्यमा पाइने भएकाले समेत हाम्रोमा राम्रो व्यवस्था छ ।

    राज्यले के गर्नुपर्ला तपाईं हामी जस्ता युवाहरुका लागि ?

    राज्यले तपाईं हामी जस्ता युवाहरुका लागि विभिन्न नीतिगत योजनाहरु ल्याउनुपर्छ । युवाहरुको रुचि अनुसारको सीप र क्षमता अभिबृदी गर्नुपर्छ । प्रशस्त रोजगारीका बाटाहरु निर्माण गर्नुपर्छ । कृषि क्षेत्रलाई पोप्साहन दिनुपर्छ । कृषि कर्म गर्न वा अन्य व्यवसाय गर्न चाहने युवाहरुलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्छ । स्वदेशमा नै उत्पादित बस्तुको प्रयोग र उत्पादनमा जोड दिनुपर्छ । बिदेशी बस्तुहरुको आयातमा रोक लगाउनुपर्छ । उत्पादित बस्तुको बजारीकरणमा राज्यले जोड दिनुपर्छ । बजार मुल्यमा एक रुपता ल्याउनुपर्छ ।

    अब फरक प्रसङ्गमा जाउ यहाँहरुको पार्टी बस समेत संचालनमा आएको भन्ने सुनिन्छ ? खासमा कहिलेदेखि संचालनमा आएको प्रष्ट पारिदिनुस न ?

    अजित जि, यहाँले भनेको साँचो हो । हामीले कोभिडका बेलादेखि पार्टी बस भनेर संचालनमा ल्याएका थियौं । काठमाडौंमा हामीले संचालन गरिरहेका छौं । यसमा हाम्रो ५/६ जनाको टिमपनि छ । हामीले छिट्टै चितवन महोत्सवमापनि सो बस ल्याउने तयारी गर्दैछौं ।

    अन्त्यमा जाँदाजाँदै केही भन्नु छ, यहाँलाई ?

    सर्वप्रथम त अजित जि ! यहाँलाई मनैदेखी धन्यवाद ! यहाँको लोकप्रिय संचार माध्यम पारदर्शी अनलाइनमा म जस्ता व्यवसायीका समस्या समाधानमा मिडिया मार्फत मेरा भनाइ राख्ने अबसर दिनुभएकोमा यहाँलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

      शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.