कर्मचारीहरु कार्यालय समयमा कार्यकक्षमा नभेटिने र कतिपय कर्मचारी कामविहीन भएकाे गुनासाे बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तत्काल कर्मचारी व्यवस्थापन मिलाउन निर्देशन दिएको छ ।
Advertisement
प्रधानमन्त्री कार्यालयले कर्मचारी व्यवस्थापन मिले/नमिलेको अनुगमन गरी रिपोर्ट गर्न समेत राष्ट्रिय सतर्कता केन्द्रलाई पनि निर्देशन दिएको छ ।
कतै दरबन्दीभन्दा धेरै कर्मचारी हुने, कतै दरबन्दी अनुसारको कर्मचारी अभाव हुने लगायतका समस्याले सेवा प्रवाहमै असर परेको गुनासो बढेपछि गत असोज पहिलो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कुन कर्मचारी, कहाँ, कस्तो अवस्थामा छन् भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग विवरण मागेको थियो ।