भन्सार छलेर लैजान लागेकाे करिब १५० ग्राम सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट दुई युवतीलाई प्रहरीले वुधबार पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ कि ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ कि ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाएकाे प्रहरीले जनाएकाे छ ।