चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गाेलि लागेर जङ्गलि हात्तीको मृत्यु भएकाे छ ।
हिजाे (बुधबार) हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जंगली हात्ती (मकुना) अकस्मात फेला परी घरपालुवा हात्ती (चुरेगज) लाई सिधै आक्रमण गर्न आएकाे थियाे ।
साेहि सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोपछप ज्यानको सुरक्षार्थ चलाएकाे गालि लागेर माकुनाकाे मृत्यु भएकाे चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
सौराहा आसपासको क्षेत्रमा जंगली हात्ती (मकुना) ले गाउँबस्तीमा पसी स्थानीय वासिन्दाहरुलाई त्रसित बनाएको र स्थानीय सरोकारवालाहरुसंग विभिन्न चरणमा उक्त जंगली हात्तीवाट जनधनको क्षति हुनवाट रोक्नका लागि छलफल तथा अन्तरकृया गरी विभिन्न सावधानीका उपायहरु अवलम्बन गरिएको विज्ञप्ति मा भनिएकाे छ ।