सरकारले ल्याएकाे सामाजिक सञ्जाल विधेयक विरुद्ध मानव अधिकार तथा शान्ति समाज, चितवन शाखाले आज ज्ञापन पत्र बुझाउने भएकाे छ ।
Advertisement
पहिलो चरणका कार्यक्रम अन्तर्गत आज विहान ११:३० बजे जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिने, प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपि शर्मा ओलिलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएकाे मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका अध्यक्ष पूर्ण चन्द्र चापागाईले बताउनुभयाे ।
सरकारले ल्याएकाे सामाजिक सञ्जाल विधेयकले संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाे भन्दै उक्त विधेयकलाई मानव अधिकार एवं प्रयोगकर्ता मैत्री बनाउन देशैभर आवाज उठेकाे छ भने यस विरूद्द विभिन्न अभियानहरू समेत चलाइएकाे छ । #PRD8110282