पूर्व राजा ज्ञानेन्द्र शाह आज स्याङ्जा भ्रमणमा हुनुहुन्छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका–३ मा रहेको शाह वंशीय कुल मन्दिर आलमदेवीमा पूजा गर्न पूर्व राजा शाह सोमबार सदरमुकाम वालिङ पुग्नुभएको हो ।
Advertisement
बहिनी र छोरीका साथ सोमबार साँझ वालिङ पुग्नुभएका शाह राति होटेल भेनसमा बस्नुभएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
बिहान उहाँ कुल मन्दिर आलमदेवीमा रुद्रीपुजनसहितका पूजा अर्चनाको कार्यक्रम सहभागी हुनुभएको थियो ।