• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रका कानुन संशोधन गरिँदै


  •   बुधबार, चैत ०५, २०८१ मा प्रकाशित
  • सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रमा पूर्वाधार विकास गर्न अवरोध भइरहेका कानुनलाई संशोधन गर्ने तयारी गरेको छ।

    Advertisement

    यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलालाई समेत मध्यनजर गर्दै समयानुकूल परिवर्तन गर्दै अघि बढ्ने निर्णय गरिएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकारवालाहरूको बैठक बसेको थियो । उक्त बैठकमा वातावरणीय सन्तुलन र विकासलाई सँगसँगै अघि बढाउने उद्देश्यले अवरोधपूर्ण कानुनी प्रावधानहरू संशोधन गर्ने विषयमा छलफल भएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मुख्यसचिव एकनारायण अर्याल तथा सम्बन्धित मन्त्रालयका सचिवहरू सहभागी थिए।

    छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सर्वोच्च अदालतको पछिल्लो फैसलाका कारण सरकारको ऊर्जा उत्पादनसम्बन्धी लक्ष्यमा बाधा उत्पन्न भएको बताए। उनका अनुसार उक्त आदेशका कारण १५ हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ। साथै, निर्माणाधीन प्रसारण लाइन परियोजनाहरूमा समेत असर पुगेको उनले बताए ।

    त्यस्तै, कानूनमन्त्री अजयकुमार चौरासियाले सर्वोच्च अदालतको फैसलाका कारण लगानीकर्ता निरुत्साहित हुने अवस्था सिर्जना भएको र यो मुलुकको आर्थिक हित विपरीत हुने बताए। उनले विकासलाई अवरुद्ध गर्ने कानुनी प्रावधानहरू पुनरावलोकन गरी आवश्यक परिमार्जन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि अदालतको आदेशका कारण वन क्षेत्र समस्यामा परेको बताए। मुलुकको समृद्धिका लागि आवश्यक पूर्वाधार निर्माणलाई सहजीकरण गर्न वन मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।

    कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको अवस्थामा कानुनी जटिलताका कारण विकास निर्माण कार्यमा असर परेको बताए। उनले सर्वोच्चको आदेशपछि वन मन्त्रालयले आवश्यक निर्णय नगर्दा ठुला परियोजनाहरू प्रभावित भएको उल्लेख गरे।
    कानुन संशोधन प्रक्रिया छिटो अघि बढाइने बैठकमा राष्ट्रिय निकुञ्ज ऐन, वन ऐन, वातावरण संरक्षण ऐन लगायत विकास निर्माणलाई असर पार्ने अन्य कानुनी प्रावधानहरूको संशोधन आवश्यक रहेको निष्कर्ष निकालिएको छ। अवरोध सिर्जना गर्ने कानुनी व्यवस्थालाई हटाई १० दिनभित्र संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिइएको छ।

    वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ प्राप्त नभएकाले काम अघि बढाउन कठिन भइरहेको बताए ।

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयकी सचिव सरिता दवाडीले पनि सो आदेशले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूमा प्रतिकूल असर परेको बताए।

    छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, फणीन्द्र गौतम, चूडामणि पौडेल, तथा कानुन मन्त्रालयका निमित्त सचिव कोमलबहादुर खत्री लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।

      बुधबार, चैत ०५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने
      भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति
      भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन
      नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
      एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने
      अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ४.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        माडी सम्भावना चुनौती र संबाहक हो

      भर्खरै

      • १.
        थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

      • २.
        भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

      • ३.
        भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

      • ४.
        नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

      • ५.
        एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

      • ६.
        अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      • ७.
        जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

      • ८.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.