सर्लाहीमा यस वर्ष गोलभेँडाले ऐतिहासिक मूल्य पाएपछि किसान उत्साहित भएका छन्। हरिवन, लालबन्दी, ईश्वरपुर र बागमती क्षेत्रका किसान गोलभेँडा टिप्ने र बजार पठाउने चटारोमा छन्।
Advertisement
हरिवन–१ का किसान रामबहादुर महतोले १२ कट्ठाबाट मात्रै आठ लाख रुपैयाँभन्दा बढीको गोलभेँडा बिक्री गरिसक्नुभएको छ।
क्रेटको मूल्य रु १,७०० देखि २,७०० सम्म पुगेको छ। गत वर्ष घाटा बेहोरेका धेरै किसानले यस वर्ष ऋण तिर्ने अवस्था बनेको बताएका छन्।
गत वर्ष कम मूल्यका कारण खेती घटेकाले यस वर्ष उत्पादन कम भयो। बेमौसमी वर्षा र भारतीय गोलभेँडा बजारमा नआउनुले पनि मूल्य बढाउन सहयोग पुगेको व्यापारीको भनाइ छ। गोलभेँडासँगै भान्टा, काक्रो, करेला जस्ता हरिया तरकारीले पनि राम्रो मूल्य पाएका छन्।

