नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा बिहीबार एकै दिन २५ हजार दर्शकले अवलोकन गरेका छन्। माघेसङ्क्रान्ति परेकाले दर्शकको उल्लेख्य भीड देखिएको आयोजकले जनाएको छ।
Advertisement
पुस २५ देखि सुरु भएको महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, बालउद्यान तथा मनोरञ्जनात्मक आकर्षण रहेका छन्।
सांस्कृतिक कार्यक्रममा गायक शिव परियारसहितका कलाकारले प्रस्तुति दिएका छन्। स्थानीय कृषि र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ।

