भरतपुर–१०, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज ले सोमबार आयोजना गरेको ‘एक्सपर्ट एज’ शैक्षिक मेलामा विद्यार्थी र अभिभावकको उल्लेखनीय सहभागिता देखियो।
Advertisement
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मेलामा अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका ५० भन्दा बढी विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूले प्रत्यक्ष परामर्श दिए।
मेलामा ब्याचलर्स, मास्टर्स र रिसर्च लेभलका विद्यार्थीले विदेशमा उच्च शिक्षा सम्बन्धी आधिकारिक जानकारी पाए। प्लस–टु तहका विद्यार्थीहरू समेत परामर्शमा सहभागी थिए।
विद्यार्थीहरूको उत्साह बढाउन विभिन्न उपहार, आइएलटिएस–पिटिई छुट, मॉक टेस्ट र लकी ड्रको व्यवस्था गरिएको थियो। एक्सपर्ट चितवन २२ वर्षदेखि विदेश पढाइ र भाषा तयारी (आईएलटीएस, पिटिई, स्याट) मा परामर्श प्रदान गर्दै आएको छ।
