भदौ २३–२४ को ‘जेनजी’ आन्दोलनका क्रममा भएको क्षतिको छानबिन प्रतिवेदनका आधारमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
Advertisement
उनी शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकमाथि ‘फौजदारी हेलचेक्र्याइँ’ गरेको आरोप लगाउँदै कारबाही सिफारिस गरेको थियो।
आयोगका अनुसार आन्दोलनका क्रममा शान्ति–सुरक्षा सम्हाल्न प्रभावकारी भूमिका नखेलेको, समयमै ‘सिज फायर’ आदेश नदिएको र जोखिम व्यवस्थापन गर्न नसकेको भन्दै उनलाई जिम्मेवार ठहर गरिएको छ।
यसअघि लेखकले भने आरोप अस्वीकार गर्दै आफूले समन्वय र नीतिगत जिम्मेवारी निर्वाह गरेको दाबी गरेका थिए। प्रहरीले उनीमाथि मुलुकी अपराध संहिताअनुसार थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
#PRD0821214
