पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ ।
Advertisement
उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो ।
बाँकी निर्णय उहाँको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले ओलीलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो ।
