तनहुँको देवघाट गाउँपालिका–५ ले कृषकहरूलाई सहुलियत दरमा इलेक्ट्रिक पम्प वितरण गर्ने भएको छ। वडाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक विकास कार्यक्रमअन्तर्गत विनियोजित ५० हजार रुपैयाँ बजेटबाट ५० प्रतिशत अनुदानमा पम्प उपलब्ध गराउन लागिएको हो।
Advertisement
वडा कार्यालयले इच्छुक कृषकहरूबाट ७ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। आवेदनका लागि निवेदन र नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको छ।
थप जानकारीका लागि वडा कार्यालयले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत बुझ्न सकिने जनाएको छ।
