पोजननमा जुलाई ११ मा भव्य ‘नेपाल फेस्टिवल’ आयोजना हुँदै
Hami Nepali Global अन्तर्गत सक्रिय रहेको ‘हामी नेपाली ग्लोबल पोल्याण्ड’ले आगामी जुलाई ११ मा पोल्याण्डको ऐतिहासिक सहर Poznań मा भव्य ‘नेपाल फेस्टिवल’ आयोजना गर्ने भएको छ। कार्यक्रम पोजननस्थित चर्चित सांस्कृतिक केन्द्र Centrum Kultury ZAMEK मा सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति, भाषा र परम्परालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो। कार्यक्रममा नेपालको विविध जातजाति तथा समुदायका मौलिक भेषभूषा, सांस्कृतिक नृत्य, लोक प्रस्तुति तथा नेपाली पहिचान झल्काउने विविध कार्यक्रम समावेश गरिनेछ।
त्यसैगरी, महोत्सवमार्फत नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरिने आयोजकले जनाएको छ। ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको पोजननको प्रसिद्ध क्षेत्र Święty Marcin 80/82 मा कार्यक्रम आयोजना हुन लागेकाले स्थानीय तथा अन्तर्राष्ट्रिय दर्शकको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम व्यवस्थापन तथा समन्वयका लागि संस्थाका पदाधिकारीहरूले विशेष जिम्मेवारी सम्हालिरहेका छन्। आयोजक समितिअनुसार शान्ति श्रेष्ठ (अध्यक्ष, पोल्याण्ड), सुमन कुमार राई (उपाध्यक्ष, पोल्याण्ड), राम कुमार श्रेष्ठ (काउन्सिलर, पोल्याण्ड) तथा देबेन्द्र कुमार राई (कोषाध्यक्ष, पोल्याण्ड)ले कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
यसैगरी, संस्थाका ग्लोबल अध्यक्ष अमृत लामा तथा जर्मनी शाखाका अध्यक्ष रण बहादुर साउदले पनि कार्यक्रम समन्वयमा सहयोग गरिरहेका छन्।
सन् २०२१ मा पोल्याण्डमा(Chapter gathan 26 October 2019
Registered in KRS 29 November 2021 (KRS 0000928192) दर्ता भएको ‘हामी नेपाली ग्लोबल पोल्याण्ड’ले आयोजना गर्न लागेको यस महोत्सवले युरोपमा नेपाली कला, संस्कृति र पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ। कार्यक्रमबारे थप जानकारी संस्थाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको आयोजकले जनाएको छ।
