रसुवागढी, टिमुरे, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रका पीडितका लागि फेन्सी व्यवसायी महासंघ नेपालले राहत सङ्कलन अभियान सुरु गर्ने भएको छ।
Advertisement
महासंघअन्तर्गत फेन्सी व्यवसायी संघ चितवनले पनि आजदेखि राहत सङ्कलन अभियान सञ्चालन गर्ने जनाएको छ। महासंघले फेन्सी व्यवसायी, शुभेच्छुक तथा दाताहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेको छ।
सङ्कलित राहत महासंघको समन्वयमा स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गरी प्रत्यक्ष प्रभावित र वास्तविक पीडितसम्म पुर्याइने जनाइएको छ। महासंघका अध्यक्ष तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले विपत्तिको समयमा पीडितलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ।
