चितवनको भरतपुर–२३ बेलहट्टामा शनिबार राति जंगली हात्तीको आक्रमणमा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएसँगै ‘ध्रुवे’ नामले परिचित हात्तीको आतंक फेरि चर्चामा आएको छ।
Advertisement
चितवन राष्ट्रिय निकुञ्जका अनुसार २०६६ सालदेखि हालसम्म ‘ध्रुवे’को आक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ। २०६९ सालमा नियन्त्रणका लागि गोली प्रहार गरिए पनि हात्ती बाँचेको थियो। केही वर्ष शान्त रहेपछि पुनः मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याउँदै आएको छ। स्थानीयले वर्षौंदेखि प्रभावकारी नियन्त्रण र सुरक्षा व्यवस्थाको माग गर्दै आएका छन्।
