भरतपुर–माडी–ठोरी (हुलाकी सडक) अन्तर्गत भरतपुर–२३ राप्ती खोला पुलदेखि रिउ खोला पुलसम्म चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडकखण्डको ग्राभेल मर्मत कार्य अघि बढाइएको छ ।
Advertisement
सवारीसाधनको आवागमन सहज बनाउन सडक विभागको हेटौँडा डिभिजन कार्यालयले आवश्यक स्रोतसाधन परिचालन गरी सडक मर्मत गरिरहेको हो । माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा सडकको बिग्रिएको तथा कच्ची भागमा ग्राभेल हाल्ने, सम्याउने र सडकलाई आवागमनयोग्य बनाउने काम भइरहेको छ ।
वर्षायामका कारण सडकमा खाल्डाखुल्डी तथा हिलो भएपछि सो सडकमा आवतजावत गर्ने यात्रु तथा सवारीसाधनले समस्या भोग्दै आएका थिए । मर्मतपछि सडकको अवस्था सुधार हुनुका साथै माडी तथा ठोरीतर्फ आवतजावत गर्ने सवारीसाधनलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
#PRD0830504
