घैलाघारी मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष रविन गुरुङले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्ष गुरुङले नेपाली समाजमा विशेष महत्त्व राख्ने यी पर्वहरूले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले चाडपर्वले परिवार, समाज र समुदायबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै सुख, शान्ति, समृद्धि र सकारात्मक सोचको सन्देश प्रवाह गर्ने बताउनुभएको छ।
विजयादशमीले सत्यको विजय र अन्यायमाथि न्यायको स्थापनाको सन्देश दिने, दीपावलीले उज्यालो र उत्साह थप्ने, नेपाल संवत्ले मौलिक संस्कृति तथा परम्पराको संरक्षणमा प्रेरणा दिने र छठ पर्वले प्रकृति तथा सूर्यप्रतिको आस्था प्रकट गर्ने उहाँको शुभकामना सन्देशमा उल्लेख छ।
अध्यक्ष गुरुङले विविध जातजाति, भाषा, धर्म र संस्कृतिबीचको एकतालाई कायम राख्दै नेपाली मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्न सबैलाई आग्रह गर्नुभएको छ।
उहाँले यी पर्वहरू सबै नेपालीका लागि सुखद, शान्तिपूर्ण र मंगलमय बनून् भन्दै देशमा शान्ति, समृद्धि र आपसी सद्भाव कायम रहोस् भन्ने कामनासमेत गर्नुभएको छ।
