पुर्व गृहमन्त्रि एवं राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रबि लामिछानेले माडीबाट भोट पाएर सांसद, मन्त्री तथा प्रधानमन्त्री भएपनि माडीको विकासमा केहि देखिने बाहेक किसानहरुका लागि दिर्घकालिन काम नभएको बताउनुभएको छ ।
Advertisement
राष्ट्रिय स्वतन्त्र पार्टिले माडी–९ अयोध्याधाममा आयोजना गरेको भेटघाट एवं गुनासो सुनुवाई कार्यक्रममा बोल्दै लामिछानेले माडीबासिले वर्षौदेखि राख्दै आएका समस्याहरु बुझ्दा समाधान नै गर्न नसकिने, सम्बोधन नै गर्न नसकिने जस्तो चैं आँफुले नपाएको बताउनुभएको हो ।
चुनाबको राजनिति मात्र गर्न आउने नेताहरुलाई माडीबासिले संधै भोट दिने हो भने अब हुर्किरहेको पुस्ताहरुले समेत निकुञ्ज, बन्यजन्तु, बाटोघाटो, पुलको समस्याहरु हजुरबुबाको पालादेखि नै झेल्नुपर्ने अवस्था आइपर्ने उहाँले बताउनुभयो । #PRD800609