चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
Advertisement
हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगलबार भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।