नेपाली क्रिकेट टाेलिका क्रिकेटर कुशल भुर्तेलले टी–२० आईमा हजार रन पूरा गरेका छन् । पपुवा न्यूगिनीविरुद्ध आज (मंगलबार) ५९ रन बनाएका कुशलले ३५ औँ इनिङमा एक हजार रन पूरा गरेका हुन् ।
Advertisement
यसक्रममा उनले आठ अर्धसतक र एक शतक बनाउन सफल भएका छन् । त्यसअघि टी–२० आईमा दिपेन्द्रसिंह ऐरीले एक हजार रन बनाएका थिए।
पपुवान्यूगिनी विरुद्धको जारी खेलमा सन्दीप जोराले पनि अर्धशतक पूरा गरेका छन्। निकै आक्रामक ब्याटिङ गरेका उनले २१ रनमा अर्धशतक पूरा गरेका हुन् ।