शारीरिक सुगठन तथा फिटनेश संघ चितवनले प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला एथ्लेटिक्स फिजिकल २०८१ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्वस्थ शरीर भित्र स्वस्थ मनस्थिति हुन्छ भन्ने मुल नाराका साथ चितवन शारीरिक सुगठन तथा फिटनेश संघले नयाँ वर्ष र चाडपर्वलाई लक्षितगर्दै प्रत्येक दुई-दुई वर्षमा आयोजना गर्ने उद्देश्यका साथ चितवनमा पहिलो पटक सो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
जसमा ५५, ६०, ६५, ७०, ७५, ८०ं केजि तौल समूहबीच प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा एउटा क्लव वा संस्थाबाट एउटा बजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १० जना खेलाडीहरु र १ जना टिम मेनेजरले भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउने छन् ।
त्यस्तै गरी शारीरिक सुगठनको विधा अन्तर्गत हुन गईरहेको महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुल्ला समूह अन्तर्गत खेलाईनेछ । प्रतियोगिताको पहिलो दिन प्रि-जजिङ राउण्ड अन्तर्गत मिष्टर चितवन प्रतियोगिताको लागि प्रत्येक समूहबाट जम्मा ५ जना खेलाडी र दोश्रो दिनको फाइनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवम् प्रमाणपत्रले सम्मानित गरिनेछ चौथो तथा पाँचौं हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछन् । प्रत्येक वजन समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु २५,०००, १५,००० तथा १०,००० नगद सहित पुरस्कृत गरिनेछ ।
त्यस्तै शारीरिक सुगठनको विधा अन्तर्गत पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको पहिलो दिन प्रि-जजिङ्ग राउण्ड अन्तर्गत जम्मा ६ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डको लागि छनौट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण रजत तथा काश्य पदक एवम् प्रमाण पत्रले सम्मानित गरिने छ ।
चौथो तथा पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिनेछ । प्रत्येक समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः ३०,०००, २०,००० तथा १०,००० हजार नगद पुरस्कार प्रदान गरिने शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिनुभयो ।
महिला एथलेटिक्स फिजियस प्रतियोगितामा प्रजिङ राउण्ड अन्तर्गत जम्मा ५ जना खेलाडीहरु फाइनल राउण्डको लागि छनोट हुन पाउनेछन् । प्रतिस्पर्धामा प्रथम द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एक्स् प्रमाण पत्रले सम्मानित गरिने छ ।
चौथो तथा पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्नेछन । त्यस्तै महिला समूहमा प्रथम द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु ५०,००० २५,००० तथा १५,००० हजार नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिने अध्यक्ष गुरुङको भनाइ छ ।
फाइनल खेल प्रतियोगितामा पुरुष तर्फ प्रत्येक समुहको समूहगत विजेता खेलाडीहरु विच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई ूमिष्टर चितवनू को उपाधि साथै नगद रु। १ लाख ५० हजार पुरस्कार, ट्रफि तथा व्यानेटले सुसज्जित गरिनेछ ।