आजदेखि चिनवनमा ३ दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी एक्स्पो सञ्चालन सुरू हुँदैछ । आज जेष्ठ १८ गतेदेखि २० गतेसम्म चितवन उद्योग संघको सभाहलमा संचालन हुने सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको समग्र बिकास तथा नविनतम अत्याधुनिक प्रविधिको प्रदर्शनी रहनेछ ।नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युप्मेण्ट एसोसिएसनको संयुक्त आयोजनामा हुने एक्स्पोमा १५० भन्दा बढी स्वदेशी तथा बिदेशी प्रविधिहरुको प्रदर्शनी रहनेछ भने पोल्ट्रीसंग सम्बन्धित गोष्ठी, बैठक अन्तरक्रिया सहित ३ दिने पाठशाला संचालन गरिनेछ ।
किसानका समस्याहरुलाई सम्वोधन गर्ने उदेश्य सहित कुखुरा पालन समस्यामा देखिएका समस्या र चुनौतीका बारेमा समेत छ्लफल गरिने र मासु तथा अन्डाको सहज बिक्रीवितरण गराउने गरि एक्स्पो गराउन लागिएको नेपाल पोल्ट्री महासंका अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिनुभयो ।