चितवन उद्योग संघको आयोजनामा बडा दशैं जुत्ता चप्पल व्यापार मेला र काडा अटो शो हुने भएको छ । चितवन अटो मोबाइल डिलर्स एसोसिएसनको सहकार्यमा दुईवटै मेला हुन लागेको हो ।
आउँदो असोज १ गतेदेखि २४ गतेसम्म संचालन हुने बडा दशैं मेला र असोज १६ गतेदेखि १९ सम्म काडा अटो शो हुने भएको हो ।जुत्तामेलामा पर्वहरुमा बढी खपत हुने दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ताचप्पल लगायतका वस्तुहरुको विक्री वितरण गरिने भएको छ ।
मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेट्ने गरी आकर्षक छुटमा खरिद गर्न सकिनेछ। उत्पादित बाण्डका हजार मोडलका जुत्ता, चप्पल एकै ठाउँमा पाउन सकिनेछ । मेलामा स्थानीय जुत्ता, चप्पल उद्योगीहरु इच्छुक भएमा कुल स्टल संख्याको ५ प्रतिशसम्म प्रदर्शकको रुपमा सहभागी गराईनेछ ।
मेलामा करीव ३० हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ । प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको चितवन उद्योग संघका अध्यक्ष सूर्य न्यौपानेले जानकारी दिनुभयो ।
यसैबीच चितवन अटोमोबाइल डिलर्स एसोशियन काडामा हुने प्रदर्शनी मेलामा साना ठुला गरी करिव चौबिस वटा स्टल रहने छ। जसमा कार जिप, मोटरसाइकल र स्कूटरको स्टल रहनेछ । केही बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको स्टल पनि रहने आयोजकले जनाएको छ । मेलाको अबलोकन झन्डै ४० हजार दर्शकले गर्ने अनुमान आयोजकले लिएको छ ।
गाडी किन्ने ग्राहकहरुलाई गाडी कम्पनीहरुले आर्कषक स्कीम तथा छुट को व्यवस्था समेत गरेको छ ।