चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा २१ वटा गैंडा मृत भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १८ वटा गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको हो ।
Advertisement
त्यस्तै, निकुञ्जमा पछिल्लो ३ महिनामा ६ गैंडा मृत भेटिएका छन् । जसमध्ये एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् ।
नेपालमा एकसिङ्गे गैँडाको संख्या पछिल्लो गणना अनुसार ७५२ रहेको छ भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा रहेका छन् ।