राष्ट्रिय स्वतन्त्र पार्टी माडीनगर कमिटिले चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्र बगहीँ सेक्टर (माडी) भित्र रहेका विशेष मुद्धाहरुमा उचित छलफल, नीति नियम परिवर्तन र निष्कर्ष नभइन्जेल मध्यवर्ती निर्वाचनमा सहभागी नहुने जनाएकाे छ ।
राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका माडी नगर सभापति नारायणदत्त रिजालद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले माडी नगरपालिकालाई रोयल्टी अधिकार दिनुपर्ने, सुकुम्बासी एवं अव्यवस्थित बसोवासीहरुलाई लालपूर्जा वितरणमा निकुञ्जका कारण रोकावट हुन नहुने माग राखेकाे हाे ।
त्यस्तै, संघीय, प्रदेश र स्थानीय सरकारबाट निर्माण गर्न लागिएको विकास परियोजनाहरुमा गरिने अनावश्यक हस्तक्षेप बन्द गरिनुपर्ने, जंगली जनावरहरुबाट हुने जनधनको क्षतीको उचित व्यवस्थापन सहित क्षतीपूर्ति र राहतको व्यवस्वा हुनुपर्ने, माडीमा उत्पादित घरायसी खाद्यसामग्री, तरकारी, पुराना फर्निचर, माछामासुजन्य उत्पादनहरुको ओसार पोसारमा विना रोकावट बाहिर जान निकास दिनुपर्ने ।, हनुमानझुला क्षेत्रमा कृषिका लागि खनजोत गर्न ट्रयाक्टर, एस्क्याभेटर (जे.सि.वी.) चल्न दिइनुपर्ने र राष्ट्रिय निकुञ्जसंग सहकार्य गर्दै स्थानीय जनताको अधिकार संरक्षण गरिनुपर्ने माग अघि सारेकाे छ ।
माडी नगरपालिकाको विकास र स्थानीय जनताको अधिकार सुनिश्चित गर्न माथि उल्लेखित मागहरु सम्बोधन नहुँदासम्म रास्वपा माडी चुनाव प्रक्रियामा सहभागी नहुने जानकारी गराउँदै रास्वपाले अन्य राजनैतिक दलहरुलाई पनि सहभागी नहुन आग्रह गरेकाे छ । #PRD820311