माडी नगरपालिकाका २९ जना दलित विद्यार्थीहरूलाई आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको छ ।
Advertisement
माडी नगरपालिकाको आयोजना तथा डिजिटल टेक्नोलोजी सेवाको प्राविधिक सहयोगमा गत चैत्र १९ गतेदेखि असार १३ गतेसम्म तालिम सञ्चालन भएको थियो । तालिमको आज एक कार्यक्रमका बीच समापन गरि प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महताेको प्रमुख अतिथ्य रहेको उक्त कार्यक्रममा सूचना प्रविधि अधिकृत प्रविण भण्डारी लगायतको विशिष्ट अतिथ्य रहेको थियाे । माडी–३, बसन्तपुरस्थित माडी क्याम्पसको कम्प्युटर ल्याबमा सञ्चालन भएकाे उक्त तालिममा माडीका युवा उद्दमी कृष्ण परियारले प्रशिक्षण दिनुभएकाे थियाे । #PRD820317