पोखरा रंगमञ्च र माडी रंगमञ्चको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित कालजयी काव्यमा आधारित मुनामदन (खण्डकाव्य) काे नाट्य मञ्चन हुने भएको छ ।
माडी नगरपालिकाको सभाहलमा आज (साेमबार) नाट्य मंचनकाे विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा माडी नगरपालिका प्रवक्ता दण्डपाणि पौडेलको अध्यक्षता रहेको थियो भने पोखरा थिएटरका अध्यक्ष “परिवर्तन” को विशेष उपस्थिति रहेको थियो ।
नाटक “मुनामदन” श्रावण १८ र १९ गते माडी–३ बसन्तपुरस्थित होटल प्याराडाइज मा मञ्चन गरिने आयोजकले जनाएकाे छ । जसकाे लागि
विद्यार्थीका लागि रु. २५० र अन्य दर्शकका लागि रु. ३०० टिकट शुल्क निर्धारण गरिएकाे जनाइएकाे छ ।
नाटकले नेपाली साहित्यमा मौलिक योगदान पुर्याएका महाकवि देवकोटाको सन्देश र सिर्जनालाई आम जनसमुदायमा अझ फैलाउने उद्देश्य राखेको आयोजकले जनाएकाे छ । कार्यक्रममा विभिन्न साहित्य, कला र रंगकर्मी, शिक्षकहरू समेतकाे उपस्थिति रहेको थियो। #PRD820405