माडी प्रज्ञा प्रतिष्ठानका नवनियुक्त अध्यक्ष नारायण प्रसाद सापकोटाले अन्य पालिकामा गठन भएका प्रज्ञा प्रतिष्ठानका अनुभव र विज्ञहरुले दिनुभएको सुझावलाई लिएर आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
माडी नगरपालिकाको सभाहलमा आज सम्पन्न प्रतिष्ठानका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा मन्तब्य राख्नुहुँदै उहाँले माडी धार्मिक, ऐतिहाँसिक, साँस्कृतिक, पुरातात्विक, पर्यापर्यटन र कृषिका दृष्टिले अत्याधिक सम्भावना भएको ऐतिहासिक नगरपालिका रहेकोले यिनै महत्वलाई उजागार गरि अघि बढ्नसके माडीले विकासमा फड्को मार्ने बताउनुभयो । साथै, उहाँले पद भन्दा पनि कामको जिम्मेवारी ठुलो रहेकोले प्रतिष्ठानमा रहेका काम गरेपश्चात् मात्रै आँफुहरुको मुल्यांकन गर्न सुझाउनुभयाे ।
माडी नगरपालिकाको गत असार १६ गते सम्पन्न कार्यपालिका बैठकले निर्णय गरेबमोजिमको सिफारिस समितिले प्राज्ञ सभा र प्राज्ञ परिषद्को कार्यसमिति टुङ्गाे लगाएकाे हाे । जसकाे अध्यक्षमा नारायण प्रसाद सापकोटा, उपाध्यक्षमा चन्द्रमणी महतो, प्राज्ञ सभा र प्राज्ञ परिषदकाे सदस्यहरुमा क्रमशः प्रेम कुमार विष्ट, हिरामती महतो, नारायण दुबे, इन्दिरा दाहाल चयन हुनुभएको थियो भने प्राज्ञ सभाका सदस्यहरुमा क्रमशः सुमन तिमिल्सिना, सत्यप्रकाश पौडेल, अन्जु तामाङ, इन्द्र देवि महतो, विपिन पाठक, सुदर्शन सुवेदि, पार्वती वि.क., सुर्य के.सी, श्याम दुरा चयन हुनुभएको छ यसबाहेक सचिवमा प्रविण भण्डारी (कला र संस्कृति हेर्ने कर्मचारी) र पदेन सदस्यमा समाजिक विकास समिति संयोजक दिपेन्द्र राज पौडेल सहित १७ सदस्यिय प्राज्ञ सभा गठन भएको हो ।
माडी नगरपालिकाको नगर प्रमुख तारा कुमारी काजि महतोको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख खेम प्रसाद महतो, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल, माडीका वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति चितवन , प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यहरु, माडी र जिल्लाका सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो । #PRD820415