माडी नगरपालिकालाई सडक आश्रित मानवमुक्त नगर घाेषणा गरिएकाे छ ।
माडी नगरपालिका नगरकार्यपालिकाको कार्यालयकाे आयाेजना र मानवसेवा आश्रम, भरतपुर चितवनकाे सहकार्यमा आज (साेमबार) एक कार्यक्रमका बिच माडीलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घाेषणा गरिएकाे हाे ।
माडी नगर कार्यपालिकाकाे गत भदाै १८ गते बसेकाे कार्यपालिका बैठकले साे निर्णय गरेकाे थियाे । माडीमा हालसम्म ४ महिला र ७ पुरूष सहित ११ जनाकाे उद्दार गरिएकाे छ भने ४ जनाकाे पारिवारिक पुलर्मिलन भएकाे मानवसेवा आश्रमले जनाएकाे छ ।
माडी नगरपालिकाकाे नगर प्रमुख तारा कुमारी काजी महताेकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका, चितवनका प्रमुख नारायण प्रसाद अधिकारीकाे प्रमुख आतिथ्य रहेकाे थियाे । कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष एवं संस्थापक रामजी अधिकारी लगायत विभिन्न संघ संस्था र राजनैतिक दलका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे ।#PRD8205232